मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाब्ली एकता समाजद्धारा मुम्बईमा दोश्रो चरणमा २५ परिवारलाई राहत वितरण

बाब्ली एकता समाजद्धारा मुम्बईमा दोश्रो चरणमा २५ परिवारलाई राहत वितरण


मुम्बई ।

भारतको मुम्बईमा कृयाशिल बाब्ली एकता समाजले राहत वितरणको कार्यक्रमलाई तिव्र बनाउने जनाएको छ ।

पहिलो चरणको राहत वितरण कार्यक्रम मार्फत करिब ५० नेपाली परिवारलाई प्रती परिवार १० किलो चामल, १ किलो दाल, नुन, तेल वितरण गरि सकेको समाजले फेरी दोस्रो चरणको कार्यक्रम मार्फत छुटेका २५ परिवारलाई राहत वितरण गरेको माजका संस्थापक प्रेम बाब्लीले जानकारी दिनुभएको छ ।

राहत वितरणमा खाध्यान्न अन्र्तगत १० किलो चामल, १ किलो दाल, नुन, तेल रहेको समाजका संस्थापक तथा समाजसेवी ज्योती बाब्लीले बताए ।

समाजका अध्यक्ष रंगनाथ बाब्लीका अनुसार साँफेबगर नगरपालीका अछाम आसपासका दलित समुदाय मात्रै कम्तिमा १ सय ५० परिवार भन्दा बढी मुम्बईको मानखुर्द स्थित झोपडपट्टि बस्तिमा बस्ने गर्छन् ।

लकडाउनले जिविकोपार्जनका लागी परिवार सहित मुम्बइमा बस्दै आएका दलित तथा विपन्न परिवार नै धेरै मारमा परेका कारण आफुहरुले राहत वितरण गरिरहेको समाजका अध्यक्ष रंगनाथ बाब्लीको भनाई छ ।

दलित समुदायकै प्रतिनिधि संस्था भएकाले लकडाउनका कारण अप्ठेरोमा परेका दलित तथा विपन्न परिवारलाई सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने उहाँको भनाई छ ।

बाब्ली एकता समाज मुम्बईको दोस्रो चरणको राहतका लागी ब्यक्तिगत रुपमा प्रेम बिक, दिपक बिक, सर्जन बिक, दिपक दास, महेश सिंह, गगन नागर्जी, रमेश सुनार, प्रेम जैगडी, दिनेश भुल र संस्थागत रुपमा पशुपतीनाथ सोसाइटिका अध्यक्ष भोजन रैगाँइ र सचिव टेकेन्द्र दासले आर्थिक सहायता प्रदान गरेको बाब्ली एकता समाजका उपाध्यक्ष मानसिङ बाब्लीले जानकारी दिनुभयो ।