मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परीक्षणका लागि आरटीपीसीआर मेसिन पशुपन्छी अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरिने

कोरोना परीक्षणका लागि आरटीपीसीआर मेसिन पशुपन्छी अन्वेशण प्रयोगशाला धनगढीमा जडान गरिने


धनगढी : धेरै नमूना परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन भेटेनरी प्रयोगशाला पशुपन्छी रोग अन्वेशण प्रयोगशाला  धनगढीमा जडान गरिने भएको छ। सरकारले सुदूरपश्चिम प्रदेशमा धेरैजनाको एकै पटक कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन पठाएसंगै उक्त मेशिन पशुपन्छी रोग अन्वेशण प्रयोगशाला धनगढीमा जडान गर्ने प्रक्रिया अगाडी बढेको हो।

आज सेनाको स्काई ट्रक मार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको एक थान आरटीपीसीआर मेसिन धनगढी पठाईएको थियो। मेसिन जडानको कार्य आजैदेखि सुरु हुने बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भनिन्, ‘मेसिन जडान भएसंगै परीक्षणले गति पाउँछ। एकै दिन ३/४ सय जनाको पनि परीक्षण गर्न सकिन्छ।’ उनका अनुसार आजैदेखि जडान सुरु भएपनि प्रयोगशाला नै आज सञ्चालन हुने सम्भावना भने कम छ।

पशुपन्छी रोग अन्वेशषण प्रयोगशाला धनगढीका प्रमुख तपेन्द्रराज बोहराले कोरोनाको जोखिमलाई ध्यानमा राखेर प्रयोगशालाले अहिले मेसिन जडान गर्न लागेको जानकारी दिए। उनले उक्त मेसिनमा एकै दिन चार सय जनाको नमूना परीक्षण गर्न सक्ने क्षमताको रहेको बताए।

केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको मेशिनकै क्षमता बराबरको उक्त मेसिन जडानपछि परीक्षणको दायरा बढ्ने विश्वास गरिएको छ। – dineshkhabar