मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट हजार बढिको नमूना संकलन, एक सय ८४ को मात्रै परीक्षण

सुदूरपश्चिमबाट हजार बढिको नमूना संकलन, एक सय ८४ को मात्रै परीक्षण


धनगढी: सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि नमूना संकलन थालिएको ५६ दिनमा एक हजार एक जनाको नमूना संकलन गरिएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरिएको हो।

प्रदेशका विभिन्न अस्पताल, ¥यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरेका हुन्। नमूना संकलनको कार्यलाई तिव्रता दिइएको भएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ। 

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ८४ जनाको मात्रै परीक्षण गरिएको छ। हिजोसम्म एक सय ७४ नमूना परीक्षण गरिएकोमा आज थप १० जनाको नमूना परीक्षण गरिएको हो। 

बुधबार प्रदेशमा स्थापना भएको प्रयोगशालामा ६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार जनाको मात्रै नमूना परीक्षण गरिएको हो। एक सय ८४ वटा थ्रोट स्वावको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैकको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ। – dineshkhabar