मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीले कोरोना भाइरसको संक्रमण देखिएका २० क्षेत्र बन्द गर्‍यो

दिल्लीले कोरोना भाइरसको संक्रमण देखिएका २० क्षेत्र बन्द गर्‍यो


दिल्ली – कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दिल्लीले संक्रमण देखिएका २० क्षेत्र बन्द गरेको छ।

दिल्लीका उप–मुख्यमन्त्री मनिस सिसोडाइले बुधबार दिल्ली सरकारले बीस क्षेत्र बन्द गरेको घोषणा गरेका हुन्।

दिनपुर गाउँ, मार्कर मस्जीत, निजामुदिन बस्ती, जिलमिल कोलोनी लगायतका अपार्टमेन्ट, गल्ली र कोलोनी गरी २० ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको उनले बताए।

‘ती क्षेत्रमा आवतजावत बन्द गरिने छ। अत्यावश्यक सामाग्रीको व्यवस्था भने मिलाइने छ’, उच्च स्तरीय वैठकपछि संवाददाताहरूसँग कुरा गर्दै उनले भने।

मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा मन्त्रीपरिषद एवंम शीर्ष अधिकारी बिच कोरोना विरुद्ध लड्ने उपायहरुका बारेमा बुधबार छलफल भएको थियो।

दिल्ली स्वास्थ्य विभागका अनुसार मगंलबार मात्र त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या ५७६ पुगेको थियो, जसमा ५१ नयाँ संक्रमित हुन्। यस्तै कोरोनाका कारण त्यहाँ दुई जनाको ज्यान गएको छ। – एजेन्सी