कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८ हजार ३ सय ३८ पुगेको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार बिहीबार बिहानसम्ममा विश्वभर यो भाइरसबाट १५ लाख ११ हजार १ सय ४ जना संक्रमित छन्।
हिजो बुधबारसम्म मृतकको संख्या ८१ हजार २ सय ५० थियो भने १४ लाखको हाराहारीमा संक्रमित थिए।
एकैदिनमा कोरोनाका कारण ७ हजारको ज्यान गएको छ भने एक लाखभन्दा बढी संक्रमित थपिएका छन्।
त्यसैगरी अस्ति मंगलबार मृतक र संक्रमितको संख्या क्रमशः ६९ हजार ३ सय ५० र १२ लाख ७२ हजार थियो।
अमेरिकामा संक्रमितको संख्या चार लाख ३० हजार नाघेको छ भने १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
उता। इटालीमा मर्नेको संख्या १७ हजार नाघेको छ। स्पेनमा पनि मृतकको संख्या १४ हजारभन्दा बढी भइसकेको छ।
भारतमा ५ हजारभन्दा बढी संक्रमित छन् भने १४९ जनाको मृत्यु भएको छ। – nepalsamaya
प्रतिक्रिया