मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन ५ मा ६ हजार ५ सय बढि मास्क र १ हजार बढि साबुन वितरण

रामारोशन ५ मा ६ हजार ५ सय बढि मास्क र १ हजार बढि साबुन वितरण


चैत २७ अछाम |

रामारोशन गाउपालिका वडा नम्बर ५ रामारोशनले वडामा ६ हजार ७ सय थान मास्क र १ हजार २ सय पिस साबुन वितरण गरेको छ ।

स्वास्थ्य चौकी सहयोगमा ४ हजार २ सय थान मास्क, वडा कार्यालयका सहयोगमा १ हजार २ सय पिस साबुन र अपाँग उत्थान वडा समितीको सहयोगमा २ हजार ५ सय थान मास्क वितरण गरिएको हो ।

वडाका सबै महिला स्वास्थ्य स्वयम सेविकालाई हस्तान्तरण गरि प्रत्येक घर घरमा वितरण गर्न अनुरोध गरिएको वडा अध्यक्ष लक्ष्मण परियारले बताउनु भयो । वडामा भएको वितरण कार्यक्रमा वडा अध्यक्ष परियार सहीत, स्वास्थ्य चौकी ईञ्चार्ज नरेन्द्र बुढा, अपाँग उत्थान समितीका अध्यक्ष जगत बहादुर बुढा, जनप्रतिनीधी, राजनितिकदल, सरोकारवालाको सहभागिता रहेको थियो ।