मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको थ्रोट स्वाब संकलन

बैतडीमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको थ्रोट स्वाब संकलन


बैतडीः बैतडीमा क्वारेन्टाइनमा बसेका ४२५ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ। बिहीवार स्वास्थ्यकर्मीको टोलीले जिल्लाका विभिन्न स्थानबाट स्वाब संकलनगरी परिक्षणका लागि काठमाण्डौ लगेका छन्।

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार पञ्चेश्वरको कुलाउँबाट ८२ जनाको नमूना संकलन गरिएको छ। त्यस्तै शिवनाथ गाउँपालिकाका १२, मेलौली नगरपालिकाका ४ जनाकोगरी ८२ जनाको पञ्चेश्वरमा स्वाब संकलन गरिएको हो। यस्तै पुर्चौडी नगरपालिकाको हाटमा १५९ जना, नकालीमा ७१ जना र गहताडमा ११३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ।

कोभिड १९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वाब संकलनका लागि टोली बैतडी पुगेको थियो। स्वाब संकलनमा महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी र स्थानीय स्तरका स्वास्थ्यर्मीहरुको सहभागिता थियो।

अहिले क्वारेन्टाइनमा बसेका ४ स्थानीय तहका नागरिकको थ्रोट स्वाब संकलन गरिएको छ। उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गरिन्छ भने रिपोट नेगेटिभ आएपछि २१ दिन सम्म क्वारेन्टाइनमै बस्नुपर्ने प्रमुख भट्टले बताए।

बैतडीका विभिन्न ठाउँमा भारत तथा अन्य ठाउँबाट फर्केका ५१३ नागरिक क्वारेन्टाइनमा बसीरहेका छन्। – dineshkhabar