मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसँग खुलस्त कुरा गर्न चाहन्छु – प्रचण्ड

प्रधानमन्त्रीसँग खुलस्त कुरा गर्न चाहन्छु – प्रचण्ड


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना रोकथामका लागि उच्चस्तरिय संयन्त्र बनाउन सुझाएका छन्।

बिहीबार ईमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रचण्डले सबै राजनीतिक दल रहेको संरचना आवश्यक रहेको बताए।

‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु।  सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ’, उनले भने ‘त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्छ भन्ने लाग्छ। मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु।’

सरकारले गरेको लकडाउनको निर्णय उचित रहेको प्रचण्डले बताए।

तर उनले स्वास्थ्य सामाग्री खरिदको विषयलाई इङ्गित गर्दै प्रधानमन्त्रीले छानविन गर्ने विश्वास दिलाएको बताए।

‘हाम्रो बैठकमा पनि यी विषयमा कुराकानी भए। प्रधानमन्त्रीले यसबीचमा जे जस्ता कमी कमजोरी भए तिनको छानविन गर्ने विश्वास दिलाउनु भएको छ’, प्रचण्डले भने, ‘म चाहन्छु कमी कमजोरी भएका छन् भने त्यसलाई खुलस्त रुपमा सच्याइयोस्।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच छलफल कम भएको विषय सचिवालय सदस्यहरुले राखेको बताए।

प्रचण्डले प्रधानमन्त्रीसँग आफूले अनुकल समयमा छलफलका लागि निम्त्याउन आग्रह गरेको सो अन्तर्वार्तामा बताएका छन्।

‘मैले खुलेर कुरा गर्न जरुरी ठानेको छु भनेर प्रधानमन्त्रीलाइ भनेको छु’, प्रचण्डले भने, ‘उहाँले पनि खुलेर कुरा गर्नुपर्ने मान्नु भएको छ।’

उनले जनताका बीचमा देखा परेको असन्तुष्टिबारे प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको बताए। – setopati