मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना त्रासपछि सेती अस्पतालमा १४ जना स्टाफ नर्सले नियुक्ति लिएनन, नयाँ दरखास्त आह्वान

कोरोना त्रासपछि सेती अस्पतालमा १४ जना स्टाफ नर्सले नियुक्ति लिएनन, नयाँ दरखास्त आह्वान


धनगढी : सेती प्रादेशिक अस्पतालमा तीन पटक सम्म नियुक्तिका लागि बोलाईएका १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्विरका गरेका छन्। माघ १० गतेको सूचनापछि लिखित तथा अन्तरवार्ता परिक्षाबाट योग्यता क्रममा रहेका बैकल्पिक आवेदकलाई चैत ५, १२ र २४ गते गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाईएपनि १४ जना स्टाफ नर्सले नियुक्ति लिन अस्विकार गरेका हन्।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार १० गतेको विज्ञापनपछि पहिलो रोजाईमा रहेका २३ जनालाई सुरुमा भर्ना गरेको थियो। ‘२० जनालाई बैकल्पिकमा राखिएको थियो। कोरोनाको जोखिम बढेपछि बैकल्पिकमा नाम निकालेका १५ जनालाई सुरुमा र त्यसपछि थप ५ जनालाई पनि नियुक्तिका लागि पटक–पटक बोलाएका थियौँ। तर अहिले सम्म ६ जनाले मात्रै नियुक्ति लिएका छन्’ उनले दिनेश खबरलाई भने।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेका अनुसार पटक–पटक सूचना जारी गरिए पनि नियुक्तिका लागि नआएपछि नयाँ भर्नाका लागि सूचना जारी भएको छ। चार जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुल्ला गरिएको हो।

डाक्टर पाण्डेयका अनुसार  ५ दिन भित्रै आवेदन दिन सूचना जारी भएको छ। ‘बैकल्पिकमा नाम निकालेका स्टाफनर्सलाई नियुक्तिका लागि पटक–पटक फोन पनि गरेका छौँ। अन्तिम पटकका लागि सूचना जारी गरे पनि धेरै आउनुभएन। अव नयाँ भर्नाको तयारी छ।’ उनले दिनेश खबरलाई भने।

प्रदेश सरकारले कोरोनाको जोखिम बढेसंगै सेती प्रादेशि अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको छ। अहिले अस्पतालमा चार जना संक्रमितको उपचार भईरहेको छ भने ६ जना शंकास्पद विरामीको आईसोलेसनमा उपचार भईरहेको छ। – दिनेश खबर