पदमबहादुर सिंह / बाजुरा २९ चैत्र- बाजुराबाट प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग भेट गरेका छन् ।
भेटमा प्रतिनिधि सभा सदस्य थापाले एक बर्षसम्म बाजुरा जिल्लाको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको बारे ध्यानाकर्षण गराएको थापाका स्वाकीय सचिब सुरेश रोकायाले जानकारी दिएका छन् ।
बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रको चार स्थानिय तह र कार्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लाका केही स्थानिय तहलाई सेवा दिदै आएको स्वास्थ्य केन्द्रमा डाक्टर नहुदा त्यस क्षेत्रका ५० हजार जनस्संख्या स्वास्थ्य उपचार सेवाबाट समस्यमा रहेको कुरा जनाकारी गराएको रोकायाले बताए ।
कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी समयोजन भएर गएपछि कोल्टि डाक्टर बिहिन बनेको हो । डाक्टर नहुदा सामान्य खाले बिरामीहरुलाई पनि जिल्ला अस्पताल तथा अन्या ठाउमा रिफर गर्ने परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
भेटमा थापाले दुर्गम क्षेत्रलाई कोरोना विरुद्धको खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री र अन्य औषधी औजार उपकरण वितरण बिषयमा प्राथमिकतामा राख्न मन्त्री स्तरीय पहल थालेका हुन् ।
आयातित सामाग्री पनि सुगम क्षेत्र र शहर बजारमा मात्र सीमित गर्ने, दुर्गम जिल्ला र क्षेत्रलाई कम प्राथमिकतामा राख्ने काम भइरहेको गुनासो बढेपछि थापाले प्रत्यक्ष भेट गरेका हुन् । एकै दिन तीन जनामा नोबेल कोरोना संक्रमण देखीए पछि सुदुरपश्चिम प्रदेश नोबेल कोरोनाको उच्च जोखिममा रहेको छ । हाइ अलर्टमा रहेका स्वास्थ्यकर्मीलाई, स्वास्थ्य सामाग्री प्रयाप्तताको लागी पहल गरिएको बताएको छ । थापाले स्वास्थ्य सामाग्री पठाउन अनुरोध पछि तत्काल प्राथमकितामा राखेर पठाउने आश्वास मन्त्रीबाट आएको बताएका छन् ।
भेटका क्रममा सुदूरपश्चिम क्षेत्रको सीमा नाकामा अलपत्र परेका नेपालीको गास बासको अवस्था बारे पनि सरकार गम्भीर हुनु पर्ने माग राखेका छन् । भने कुटनीतिक पहलबाट नेपाल ल्याएर नेपालकै सीमामा क्वारेन्टाइन बनाएर राख्ने खालको वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया