मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका एक सय १० जनाको कोरोना रिपोर्ट नेगेटिभ

अछामका एक सय १० जनाको कोरोना रिपोर्ट नेगेटिभ


शिवराज ढुंगाना, २९ चैत्र अछाम ।

कोरोनाभाइरसको आशंकामा स्वाब संकलन गरेका मध्येमा एकसय १० जनामा संक्रमण नदेखिएको नतिजा आएको छ । मंगलबार र बुधबार अछामका तीन स्थानमा दुईसय २६ जनाको स्वाब संकलन गरिएकोमा एकसय १६ को नतिजा आउने क्रममा रहेको छ ।

वयलपाटा अस्पताल केन्द्र बनाएर संकलित ५१ जनामा कसैमाकोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्यकार्यालय अछामका प्रमुखझनकराज ढुंगानाले जानकारी दिनुभयो । यस्तै मंगलसेनस्थित जिल्ला अस्पताल र क्वारेन्टाइनमा रहेका ६० जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । जिल्ला अस्पताल, क्वारेन्टाइन र कमबलजार केन्द्रको रिपोर्ट आउने क्रममा रहेको प्रम्ुुख ढुंगानाको भनाइ छ ।

कोरोनाभाइरसको संक्रमणको परीक्षणका लागि स्वास्थ्यमन्त्रालयले खटाएको स्वास्थ्यकर्मीको टोलीले अछामका तीन स्थानबाट दुईसय २६ जनाको स्वाब संकलन गरेर बुधबारफर्केको थियो । अछाममा मंगलसेनस्थित क्वारेन्टाइनमा ६४ जना, जिल्ला अस्पतालमा ५३ जना र वयलपाटा अस्पतालमा ५१ र कमलाजरमा ६८ जनाको स्वाब संकलनगरिएकाथियो । अछाम अस्पताल र वयलपाटा अस्पतालको आइसोलेशनमा रहेका, मंगलसेन र कमलबजारको क्वारेन्टाइनमा राखिएका र होम क्वारेन्टाइनमा बसेकाव्यक्तिको स्वाब संकलनगरिएको थियो । यस्तै कोरोना

भाइरससँग मिल्दो लक्षण भएका व्यक्ति, उपचारकाक्रममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकोसमेत स्वाब संकलन थियो ।
जिल्ला विपत व्यवस्थापन समिति अछामले पछिल्लो समयमा भारतबाट फर्केका व्यक्तिहरुबाट कोरोनाको भाइरस संक्रमणको जोखिममा रहेको विश्लेषण गरिएको छ । रोजगारीको क्रममा भारतमा रहेका चारहजार भन्दा बढी व्यक्ति घर फर्केका छन् ।