मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा १८९५ जनामा र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

सुदूरपश्चिममा १८९५ जनामा र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


२९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार ८९५ जनाको र्‍यापिड टेस्ट गरिएको छ । स्वास्थ निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  ।

टोलीले कैलालीमा ७३०, बझाङमा ४२६, कञ्चनपुरमा ४०७, डोटीमा २४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।

दार्चुलामा गरिएको टेस्टको रिपोर्ट भने आइतबार आउने उनले बताए । उनका अनुसार र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखाएमा थप पुष्टिका लागि पीसीआर परीक्षण गरिने छ ।

पहिलो चरणमा ५ हजार किट आएकोमा त्यसले अपुग हुने देखिएपछि शुक्रबार थप ५ हजार किट आएको उनले बताए । थप किट आएपनि सुदूरपश्चिम प्रदेशमा अझै १० हजार किट अपर्याप्त हुने जोशीले बताए । – onlinekhabar