मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा कुहिएको चामल वितरण

बाजुरामा कुहिएको चामल वितरण


बाजुरा- बाजुरामा कुहिएको चामल राहत वितरण गरिएको छ। जिल्लाको बडिमालिका नगरपालिकामा राहत वितरणमा कुहिएको चामल पाइएको हो। खाद्य संस्थानबाट राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको बडिमालिका नगरपालिका नम्बर ४ स्थानीय नरेन्द्र नाथले बताए। उनको टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बताए छन्। 

वितरण गर्दा पुरै कट्टा मिलाएर बाँडेको थियो। घरमा ल्याएर खोलेर बाडौँ भन्दा त पुरै चामल कालो ढुसी परेर कुहिएको डल्ला परेको पाइएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरिएको छ। कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताएको छ। वडिमालिका नगरपालिका वडा नम्बर ४ मा १ सय ७५ जनालाई चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले दिनेश खबरलाई जानकारी दिए। 

३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए। 
वडा नम्बर ४ मा ३० केजीका ७० बोरा चामल वितरण गरिएको थियो। चामल नगरपालिकाले खरिद गरेर वडालाई राहतका लागि दिएको हो। नेपालखाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले गत वर्षको मौजात रहेको चामल रहेको बताएका छन्। ‘हामीले ३० केजीका बोरा बिझी गरेका हौँ, गोदाम वा ढुवानी गर्दा कुनै कट्टामा खराबी आएकाले यस्तो भएको हुन सक्छ।’ उनले भने। ६ कट्टा चामल त्यस्तो भेटिएकोले फिर्ता आएको ओझाले बताए।

बडिमालिका नगरपालिकाले १ सय ५० क्विन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थानबाट खरिद गरेर वितरण गरिसकेको छ। नगर प्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत वितरण गर्ने निर्णय अनुसार वितरण गरेको बताए। – dineshkhabar