मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा प्रतिपरिवार दुई हजारको राहत

बैतडीमा प्रतिपरिवार दुई हजारको राहत


बैतडी- बैतडीको पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई आजदेखि राहत वितरण कार्य शुरु गरेको छ। छाक टार्न मुस्किल भएका परिवारलाई प्रतिपरिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धाँमीले जानकारी दिए।

दैनिक छाक टार्न मुस्किल भएका नगर क्षेत्रभित्र ४१० परिवारको पहिचान भएको र उनीहरुलाई राहत वितरण गर्ने कार्य शुरु भएको नगरपालिकाले जनाएको छ। ती परिवारहरुलाई दाल, चामल, नून, तेल र साबुन वितरण गरिन थालिएको हो। नेपाली काँग्रेस पुचौँडी नगरपालिका वडा नं ६ को वडा कार्यसमितिले क्वारेन्टाइनमा बसेका नागरिकलाई खाद्यान्न, सरसफाइका सामग्री वितरण गरेको छ।

भूमिराज मावि कफलढुङ्ग्रामा बसेका सात र जनता आधारभूत विद्यालय रौनालीचौैँडमा बसेका १० जनालाई चाउचाउ, चिउरा, कोलगेट, ब्रस र प्रतिव्यक्ति ५० रुपैयाँको रिचार्ज कार्ड वितरण गरेको नेपाली काँग्रेस वडा कार्यसमिति सचिव मोहन साउदले बताए। – dineshkhabar