मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगन्नाथ गाउपालिकाद्धारा ८० बिपन्न परिवारलाई खाद्यन्न वितरण

जगन्नाथ गाउपालिकाद्धारा ८० बिपन्न परिवारलाई खाद्यन्न वितरण


पदमबहादुर सिंह / बाजुरा २९चैत्र- बाजुरा जिल्लाको जगन्नाथ गाउपालिकाले बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । गाउपालिकाका प्रत्येक वडाहरुबाट बिपन्न परिवारको तथ्याङ्क संकलन गरेर खाद्यन्न बितरण गरिएको गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

चैत्र २३ गते गाउकार्यपालिकाको आकस्मिक बैठक बसि दैनीक ज्यालादारी काम गरि जिबीको पार्जन गर्ने र वडाका बिपन्न परिवारको तथ्याङ्क संकलन गरेर प्रत्येक परिवारलाई २ हजारका दरले खाद्यन्न सहयोग गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुरुप वडा नम्वर १ का १४ परिवार, वडा नम्वर २ का १३ परिवार, वडा नम्बर ३ का १० परिवार, वडा नम्बर ४ का १४ परिवार, वडा नम्बर ५ का १३ परिवार र वडा नम्वर ६ का १६ परिवार गरि जम्मा ८० बिपन्न परिवारलाई चामल दाल नूत तेल सहयोग गरेको जोशीले बताए ।

लामो लकडाउनका कारण दैनीक चुलो बाल्न गाह्रो भएका परिवार सम्बन्धित वडा का वडा अध्यक्ष अन्य जनप्रतिनिधि कर्मचारी लगाएले बिपन्न परिवारको तथ्याङ्क संकलन गरिएको उनले बताए ।
गाउपालिकाले ५० जना भारतबाट आएको तथ्याङ्क संकलन गरेको छ ।

भारतबाट आएकाहरु होम क्वारेन्टाईनमा रहेका र तिनिहरुको सम्बन्धित वडाका जनप्रतिनिधि स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेको बताए । गाउगाउमा कोरोनाको चेकजाचमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि गाउपालिकाले ६० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउपालिकाका अध्यक्ष कालिबहादुर शाहीले जानकारी दिए ।

कोरोनाको तरास तथा चेकजाच उपकरण बिना जोखीम मोलेर उपचारमा तल्लीन स्वास्थ्यकर्मीको होसोला स्वारुप प्रोत्साहन भक्ताको ब्यवस्था गरेको शाहीले बताए ।

गाउपालिकाको प्रत्येक वडामा २ जना र गाउपालिकाको सिमानामा र पुलमा चार जना गरि १६ जना स्वयम सेवक राखिएको र गाउपालिकामा बाहिरको मान्छे नआउन पाउन्छन न बाहीर नजान दिएको उनले बताए ।

बिश्वमा औषधि पत्ता नलाएको अबस्थामा कोरोनाको नियुनीकरण गर्ने मुख्य उपाए लक डाउन भएकोले यस्तो कठोर निर्णय गरेको शाहीले बताए ।

गाउपालिकाकामा ३४ बेडको क्वारेन्टाईन बनाएको छ । कोरोना रोकथाम तथा न्यूनिकरणको लागि २० लाखको राहात कोष स्थापना गरेको छ ।