मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा घरमै बसेर विसु पर्व मनाइँदै, मेला जात्रा गर्न रोक

सुदूरपश्चिममा घरमै बसेर विसु पर्व मनाइँदै, मेला जात्रा गर्न रोक


सुदूरपश्चिममा बैशाख १ गतेका दिन सिस्नु दलेर विसु पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहिआएको छ। आजपनि सोही परम्परा अनुसार सुदूरपश्चिममा विसु पर्व मनाईदैछ। तर प्रदेशबासीले कोरोना भाईरसका कारण विगतका वर्षको भन्दा भिन्न तरिकाले विसु पर्व मनाईरहेका छन्।

विषेशगरी नयाँ वर्षका दिन देवर भाउजू तथा साली भेनाले एक अर्कालाई सिस्नु पानी लगाउने गर्छन्। एकघरबाट अर्को घर, एक गाउँबाट अर्को गाउँ पुगेर सिस्नु खेल्न चलन रहेपनि लकडाउनका कारण विसु घरभित्र मात्र सिमित भएको छ। सिस्नु पानीलाई लगाउने विसुलाई मिलनको पर्वका रुपमा लिने गरिन्छ।  

स्थानीय प्रशासनले कोरोनाको जोखिम बढ्ने भन्दै आजको दिन लाग्ने विसु मेला तथा जात्रामा रोक लगाएपछि अछाममा पनि स्थानीयले घर भित्र बसेर विसु पर्व मनाईरहेका छन् ।

सिस्नु खेल्न परम्परा रहेको विसुमा आजको दिन आजको सिस्नु पानी नलगाए वर्षभरिमा रोगव्याध लाग्ने मान्यता अनुरुप साली भेना तथा भाउजू र देवर खोज्दै सिस्नो लगाउने चलन रहेको छ।  साली–भेना तथा देवर भाउजू नभएकाहरुले बिहानै नजिकैको धारा वा पधेरीमा गएर सिस्नु पानीमा चोप्दै आफैँ लगाउने संस्कृति छ।