मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्ष..!! – अब ‘उ’ संग संगै हुन मन छैन

नयाँ वर्ष..!! – अब ‘उ’ संग संगै हुन मन छैन


  • दिर्गराज प्रियसी

वर्षौ संगै भएको मान्छेसंगको समयसंग
फेरी एकचोटि वर्षौ संगै हुन मन छ।

संगै हुन मन छ,
पल्लो घरको किराठासंग
जस्ले, उस्लाई घरीघरी हेर्न गईरहंदा
कसैले नदेख्ने गरी लुकाउन/छुपाउन
हर सम्भव प्रयास गर्थ्यो मलाई।

संगै हुने मन छ,
पर खेतको सांघुरो आलीसंग
जुन आलीमा मिलेर बस्न खोज्दा खोज्दै
हामी एक अर्काको शरीरमा टासिन आईपुग्थ्यौं।

संगै हुन मन छ,
त्यो चांदनी रात संग
जुन रातमा हामीले एक अर्कालाई कहिल्यै नछोड्ने भन्दै
हातमा हात मिलाएर,कांधमा कांध जोडेर
जिवनका स्वर्णीम किस्साहरु साटासाट गर्यौ।

संगै हुन मन छ,
संधै सुनसान भईरहने जंगलको बाटो संग
जुन बाटोले हामीलाई निर्धक्क संग
अङ्गालो मारेर हिडाउन कुनै अप्ठ्यारो मानेन
कुनै गुनासो गरेन, र कसैलाई केहि भनेन।

संगै हुन मन छ,
त्यो नयाँ वर्षसंग
जुन आउनु एक महिना अगावै
पसलबाट हिरो हिरोईनका फोटाहरू संकलन गरी
फोटाको पछाडि शायरी लेखेर
उपहार तयारी अवस्थामा राख्न मनदेखी हौंस्याउथ्यो।

तर मलाई अब ‘उ’संग संगै हुन मन छैन
जस्ले प्रेमलाई बटवारा गरेर
मलाई उपहारमा नयाँ वर्ष दियो र अरू कसैलाई
उपहारमा जीन्दगी दियो।

१ बैशाख, २०७७