मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद व्यवस्थापन परिषद बैठकमा देउवाले भने– अझै जोड गरौं

विपद व्यवस्थापन परिषद बैठकमा देउवाले भने– अझै जोड गरौं


१ वैशाख, काठमाडौं । कोभिड–१९ महामारी विरुद्धको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा परिषद सदस्य प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्रीले कोभिड १९ संक्रमणको महामारीसँगै अब वर्षातको मौसम आउनुपूर्वको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपहरुको पूर्व तयारीका योजना बनाउनुपर्ने भएकाले बैठक डाकिएको बताएका छन् । सबै खाले प्रकोपहरुसँग जुध्न र जनधनको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

प्रमुख विपक्षी दलका नेता देउवाले कोभिड १९ संक्रमण विरुद्ध सरकारले अहिलेसम्म चालेका कदम सही भए पनि अझै बढी सक्रियता र सावधानीका साथ काम गर्न सुझाव दिएको परिषद् सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

परिषद्मा संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ । लकडाउनका कारण सोमवारको बैठकमा मुख्यमन्त्रीहरु भने सहभागी थिएनन् । यस वर्ष परिषदको बैठक बसेको यो पहिलो पटक हो । – onlinekhabar