मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा तीनजना आइसोलेशनमा भर्ना

बैतडीमा तीनजना आइसोलेशनमा भर्ना


जिल्ला अस्पताल बैतडीमा तीनजनालाई आइसोलेशनमा भर्ना गरिएको छ। सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि आज आइसोलेशनमा भर्ना गरिएको अस्पतालका अहेब हरिश पन्तले जानकारी दिए।

युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई आइसोलेशनमा राखिएको छ। कोरोनाको आशङ्का गरिएकी युवतीलाई आइसोलेशनमा राखिएको हो। युवतीको ¥यापिड डाइग्नोस्टिक टेष्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।

युवतीको स्वास्थ्य अवस्था अहिले समान्य रहेको र सुधार नभए थ्रोट स्वाब सङ्कलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाइने जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। उनीसँगै आएका दुईजना भने सामान्य रहे पनि युवतीसँगै आएकाले आइसोलेशनमा राखिएको डा जोशीले बताए।

यसअघि कोरोनाको आशङ्कामा तीनजनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको भएपनि तिनै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो। रासस