मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा पास वितरण कार्यमा कडाई, E-pass लागु गरिने

अछाममा पास वितरण कार्यमा कडाई, E-pass लागु गरिने


कमल रावल, बैशाख ४ अछाम

जिल्ला प्रशासन कार्यालय अछाम मार्फत अति आवश्यक अबस्थामा उपलब्ध गराईदै आएको पास वितरणमा कडाई गरिने भएको छ ।

लकडाउन अर्थात निशेधाज्ञाको बेला सरकारले कडाई गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय अछामबाट अबदेखि आफ्नो परिवारको सदस्य बिरामी भए उपचार गर्न तथा मृत्यु भएमा मृत्यु संस्कार कार्यमा जाने र आउनेलाई मात्र e-pass उपलब्ध गराईने भएको हो ।

प्रशासन कार्यालयबाट जारी पासलाई थप ब्यस्थित बनाउनका लागि बैशाख ३ गतेबाट e-pass अनिवार्य गरिएको र website: epass.moha.gpv.np तथा १११२ मा sms गरि अनलाईन दर्ता अनिवार्य गरिएकाले त्यसपछि मात्र पास उपलब्ध हुने सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी नन्द किशोर यादवले बताउनु भयो ।

जिल्ला प्रशासनबाट e-pass उपलब्धका लागि अनुरोध कर्ताको नाम, ठेगाना, परिचय खुल्ने लगाएतका कागजात र प्रयोग हुने सवारी साधनको विवरणका साथै सहयोगी कागजात, बिरामीको उपचार तथा डिस्चार्जको हकमा स्वास्थ्य संस्थाबाट जारी गरिएको रेफर र डिस्चार्ज लगाएतका कागजात र काजक्रिया तथा अन्य अत्यावश्यक कामको हकमा ब्यक्ति रहेको स्थान र जानुपर्ने स्थानको स्थानीय तहको सिफारिस वा मृत्यु प्रमाणित हुने पत्र वा मृतकको फोटो अन्य सान्दर्भिक कागजात निवेदन पेश गर्दा अनलाईनमा नै पेश गर्नु पर्ने यावदले बताउनु भयो ।

विश्वब्यापि रुपमा माहामारीको रुपमा फैलिएको कोरोनाभाईरसको संक्रमण, रोकथाम तथा नियन्त्रण कार्यलाई ब्यबस्थित गर्न, समाजिक दुरि कायम गरि आवात जावात तथा अत्यावश्यक सेवा संञ्चालन कार्यलाई ब्यबस्थित गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।