धनगढी : धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ। तर दुबै जना सुदूरपश्चिमका भने होईनन् ।
प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याईएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो।
उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमूना काठमाडौँ पठाईएको छ। संघीय सरकारले मेसिन पठाएपछि धनगढी स्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा आरटीपीसीर मेसिन जडान गरिएको थियो।
धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले बताए। दुबै जना भारतबाट आएका हुन्।
रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई रूकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ।
प्रतिक्रिया