मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असिना पानीले बालीनाली नष्ट, किसानहरु मर्कामा

असिना पानीले बालीनाली नष्ट, किसानहरु मर्कामा


बैशाख ४, अछाम ।
हावा हुरीसंगै आएको असिना पानीले खाद्यन्न बाली नष्ट गरेको छ । बुधबार साझ आएको असिना पानीले मेल्लेख गाउँपालिका ३ ठाँटी परेको असिना पानीले बाली नाली नष्ट गरेको हो ।

पश्चिमी वायुको प्रभावले परेको पानीसँगै आएको असिनाले गहुँ, जौ, तोरी, आलु, मुसुरो लगायतका बालीलाई क्षेती खेती गरेको हो । असिना पानीले किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिनु भयो ।

बुधबार साझ परेको असिना पानीले वडामा लगाइएका बाली पनि नष्ट गारेको छ । असिना पानीले तोरी, आलु, मुसुरो लगायतका बालीनाली पनि नष्ट गरेको जनाईएको छ ।

किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको जनाईएको छ । हावा हुरीसंगै आएको असिना पानीले मेल्लेख गाउँपालिकाका अन्य वडाहरुमा पनि क्षेति र्पुयाएको छ । असिना पानीले आलु, तोरी, मसुरो लगायतका बाली नष्ट गरेको वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिनु भयो ।

खेतीमा पारेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको शाहको भनाई रहेको छ । असिना पानीले बर्षेनी लगाएका बाली नाली नष्ट गरि दिदा यस क्षेत्रका किसानहरु मर्कामा परेका छन् ।

हावाहुरीसंगै आएको असिना पानीले ठाँटी र ऋषिदहमा गहुँ जौ बाली र तरकारी खेति सबै नष्ट भएको छ । अहिले सम्म चार पटक असिना पानी परिसकेको छ ।

एका तिर विश्वव्यापि रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रास र चिन्ता अर्को तिर असिना पानीले खेतिबारी सबै बालीनालि नष्ट गरे पछि कृषकहरु झन् ठुलो संकटमा परेका छन् । यस अघि परेको असिना पानीले मेल्लेख गाउँपालिका कृषि विकास शाखाबाट अनुदानमा वितरण एक वडा एक समुह नमुना तरकारी खेति समेत सखाप पारेको थियो ।

यति बेला पुरै नष्ट गरेको छ । यस्तै हावाहुरीले मेल्लेख वडा नम्बर ३ ठाँटी दर्बाको गैरामा रहेको कालिका बालविकास केन्द्रको छाना पनि उडाएको छ ।

सोहि ठाउँका खडक बुढाको घरको छानो पनि उडाएर क्षेति भएको जनाईएको छ ।