मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापका ३७ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

रामेछापका ३७ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ


४ वैशाख, रामेछाप । रामेछापमा बुधबार साँझसम्म ३७ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले शंकास्पद व्यक्तिहरूको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।

जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

बुधबार रामेछाप नगरपालिकामा ६ जना र मन्थली नगरपालिकामा ४ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले बताए । कर्णका अनुसार, क्वारेन्टाइनमा बसेका मन्थली नगरपालिकाका ९, रामेछाप नगरपालिकाका २३ र लिखुतामाकोशी गाउँपालिकाका ५ जनाको परीक्षण गरिएको हो ।

वैशाख ८ गतेसम्म जिल्लाका ७ वटा पालिकाहरूमा क्वारेन्टाइनमा बसेकोहरूको परीक्षण गरिने कार्यालयले जनाएको छ ।

Source – onlinekhabar