पूर्ण बहादुर खड्का, ४ बैशाख, अछाम ।
सञ्चारकर्मी समेत फ्रन्टलाइनर हुन् : अध्यक्ष खत्री
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले आज एक विज्ञप्ती गारी गर्दै सञ्चार क्षेत्रसंग सामूहिक सहकार्य विना अहिलेको संकटबाट पार पाउन गरिएका कार्यहरु अधुरा हुन सक्ने उल्लेख गरको छ ।
महासंघ जिल्ला शाखाका अध्यक्ष खम्म खत्रीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा व्यावसायिक सुरक्षा तथा अहिलेको महामारीसंग जुध्नका लागि सबै क्षेत्रबाट संचारसंग सहकार्य हुनुपर्ने बताईएको छ ।
अछाममा महामारी नियन्त्रण तथा रोकथामको लागि स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, सरकारी तथा गैरसरकारी संस्थाहरुले संकटबाट पार पाउनका लागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न हातेमालो गर्नुपर्ने खाँचो रहेको विज्ञप्तीमा उल्लेख छ ।
सरकारले समेत आफ्ना प्रयासहरु लगायत सचेतनाका कार्यक्रमहरु जनता समक्ष पु¥याउन सञ्चार क्षेत्रको अधिकतम उपयोग हुनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
देश नै लकडाउन भएको अवस्थामा अछाम जिल्लाका रेडियो, छापा, अनलाईन र टेलिभिजनकर्मीहरुले अहोरात्र खटिएर कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको अवस्था तथा सरकार र अन्य सम्वद्ध निकायका पहलहरु आम नागरिक समक्ष प्रवाह गरिरहेका छन महासंघ अछामका अध्यक्ष खम्म खत्रीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।
विश्वव्यापी अभ्यास र नतिजा अनुसार लकडाउनलाई कडाई गर्नुको विकल्प छैन भन्दै सबै नागरिकले साथ दिनुपर्ने र नियम पालना गर्न गराउने क्रममा व्यक्तिपिच्छे फरक व्यवहार नगरी नीतिगत रुपमा व्यवहार गर्न सुरक्षाकर्मी समक्ष महासंघले अनुरोध गरेको छ ।
विश्वव्यापी रुपमा महामारीको प्रकोप र लकडाउनको कठिन अवस्थाको अत्याधिक जोखिममा पनि समाचार संकलन तथा सम्प्रेषण गरी आमनागरिकलाई सुसुचित गर्न र आवश्यक सजगता अपनाउन पलपलका सुचनाहरु प्रवाह गर्न दत्तचित्त सञ्चारकर्मी समेत स्वतः फ्रन्टलाइनर हुन भनेर विज्ञप्तमा उल्लेख गरिएको छ ।
सञ्चारकर्मीलाई समाचार संकलनको क्रममा अथवा अन्य कुनै समस्या परेमा नेपाल पत्रकार महासंघ अछाम तथा शाखाका पदाधिकारी ज्युहरुसंग सम्पर्कमा रहन अनुरोध समेत गरिएको छ ।
पत्रकारहरुले आफ्नो स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाएर, सामाजिक तथा शारीरिक दुरी कायम गरी समाचार संकलन तथा सम्प्रेषण गर्न, आधिकारिक निकायबाट पुष्ट्याई भएका सुचना मात्र प्रवाह गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
विज्ञप्तीको पूर्णपाठ
प्रतिक्रिया