मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुख कुवरद्धारा मन्त्री त्रिपाठी सँग भिडियो कन्फ्रेन्स

नगरप्रमुख कुवरद्धारा मन्त्री त्रिपाठी सँग भिडियो कन्फ्रेन्स


४ बैशाख अछाम – साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवरले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीसंग भिडियो कन्फ्रेन्स मार्फत नगरले कोरोना भाईरस रोकथाम,नियन्त्रणका लागी गरिरहेको गतिबिधिका बारेमा जानकारी गराउनु भएको छ ।

आज मन्त्रीसंग प्रत्यक्ष कुराकानी गर्दै नगरप्रमुख कुँवरले कोरोनाबाट बच्ने उपायकाबारे सचेतना जगाउनुका साथै नगरले ४० लाखको स्थापना गरेको कोरोना कोषमा प्रदेशबाट २८ लाख ६० हजार रकम प्राप्त हुनुका साथै अन्य क्षेत्रबाट समेत सहयोग पा्रप्त भएको बताउनु भयो ।

उहाले लकडाउनका कारण समस्यामा परेका मजदुर र असहायहरुका लागी नगरले हालसम्म १४ वडा मध्ये १२ वटा वडाका ४ सय ७९ जनालाई राहत उपलब्ध गराएको बताउनु भयो ।

कोरोना भाईरसको सम्भावित जोखिम न्यूनिकरणका लागि भएका प्रयासहरु र हालको वस्तुस्थितीबारे मन्त्रीलाई जानकारी गराउदै नगरप्रमुख कुवरले बयलपाटा अस्पताललाई नगरले भ्याएसम्म स्वास्थ सामाग्री उपलब्ध गराएको थप ब्यवस्था गरिदिन आग्रह गर्नु भयो । उहाले जिल्ला अस्पतालमा समेत भ्यान्टिलेटर लगायतका ब्यवस्था गरिदिन आग्रह गर्नु भयो ।

भिडियो कन्फ्रेन्समा अछामको साँफेबगर नगरपालिका सहित देश भरमा १७ स्थानीय तहहरुका प्रमुखहरुले मन्त्री त्रिपाठीसंग आफ्नो पालिकाले गरिरहेको गतिबिधिका बिषयमा जानकारी गराएका थिए ।