मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अलपत्र मजदुरको गासवासको प्रबन्धगरीे सुरक्षित गाउँ पुर्‍याउन देउवाको आग्रह

अलपत्र मजदुरको गासवासको प्रबन्धगरीे सुरक्षित गाउँ पुर्‍याउन देउवाको आग्रह


धनगढी:  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा खाने, बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर हिँडेर जाने मजदुरलाई गासवासको प्रवन्धगरीे सुरक्षित गाउँ पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। 

उनले सरकारमा बसेकाहरुले ती निमुखाहरुको यात्रालाई दर्शक बनेर हेरेको आरोप समेत लगाएका छन्। शुक्रबार देउवाले आफ्नो आधिकारिक टुइटर ह्यान्डलमा लेख्दै भनेका छन, ‘काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहुँदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्। सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो। तर सरकारमा बसेकाहरु ती निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।’

साथै उनले ती सबै अलपत्र परेकाहरुको व्यवस्गा मिलाउन समेत सरकारलाई आग्रह गरेका छन। ‘राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु’ उनले अगाडी लेखेका छन्। 

श्रोत – dineshkhabar