मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटि १ मा १३ पेटि कमशल खालको मदिरा नष्ट

चौरपाटि १ मा १३ पेटि कमशल खालको मदिरा नष्ट


बिक्रम परियार, ५ बैशाख अछाम

चौरपाटि गाँउपालिका वडा नम्बर १ सिउडीको पातलटोलबाट प्रहरीले कमशल खालको मदिरा नियन्त्रणमा लिएको छ ।

सिउडी प्रहरी चौकीबाट खट्ेको प्रहरीको टोलिले गएराति गोप्य सुचनाको आधारमा शेर बहादुर थापाको घरमा लुकाई छिपाई अबस्थामा राखेको १३ पेटि कमशल ढुकुटी सौफि मदिरा नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गरेर ल्याएको कमशल मदिरा जनप्रतिनीधी, कर्मचारी, प्रहरीको रोहबारमा आज चौरपाटिमा नष्ट गरिएको सिउडि प्रहरी चौकीका प्रमुख जय सिंह भण्डारीले जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष माया कुँवर र निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाको रोबरमा मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

मदिरा लुकाई छिपाई राख्ने थापालाई हाललाई ५ हजार जरिवाना गराएर छोडिएको उहाँले बताउनु भयो । चौरपाटि गाउँपालिकामा यस अघि नै कमसल मदिरा बेच्न तथा ओसार प्रसारमा बन्देज गरिएको थियो ।