मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा लकडाउनलाई प्रभावकारी बनाउन युवा सक्रिय

धनगढीमा लकडाउनलाई प्रभावकारी बनाउन युवा सक्रिय


धनगढी: ग्रामीण क्षेत्रमा लकडाउनको उल्लङ्घन हुन नदिन धनगढीको फूलबारीका युवा सक्रिय भएका छन्। तीन वटा वडा १४, १८ र १९ का युवाले कोरोना विरुद्धको युवा अभियानअन्तर्गत स्वयम् सेवक समिति नै गठन गरेर सक्रिय भएको कोरोना विरुद्धको युवा अभियानका संयोजक कृष्ण पाण्डेले जानकारी दिए। 

उनले भने, “हरेक गाउँगाँउमा कोरोना विरुद्धको युवा अभियान नै सञ्चालन गरेका छौँ। भारतबाट नेपालको सीमानाका हुँदै चोरबाटोबाट गाउँ भित्रिन खोज्ने व्यक्तिलाई शुरुमा सम्झाइ बुझाइ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ। नमान्नेलाई स्थानीय प्रहरीलाई जानकारी दिने गरेका छौँ।”  

कोही लकडाउन उल्लङघनसम्बन्धी कुनै क्रियाकलापमा सक्रिय देखिएको पाइएमा, नयाँ अपचित मानिस गाउँ प्रवेश गरेको पाइएमा फेसबुकको म्यासेन्जर तथा फोन मार्फत एकअर्को बीच खबर आदान प्रदान गरी सूचना प्रवाह गर्ने गरेको वडा नं १४ का स्थानीय कृत विष्टले बताए। उनले भने, “यदि कोही व्यक्ति कुनै समस्यामा परेको छ भने उनीहरुको समस्यालाई हेरेर उद्धार पनि गर्ने गरेका छौँ।” 

यस्तै उनीहरुले हुलाकी सडक तथा शाखा सडकमा अनावश्यक रुपमा सवारीसाधन चलाइ रहेका छन् भने आवतजावतमा पूर्ण रोक लगाइ प्रहरीलाई सहयोग गर्दै आएका छन्। स्वयम् सेवकको रुपमा खटिएका युवाले आफूहरु र लकडाउनलाई थप प्रभावकारी बनाउन सहज भएको सशस्त्र प्रहरी बल फूलबारीका प्रमुख जयबहादुर महतोको भनाइ छ।

सामाजिक दूरी कायम गर्नु र लकडाउनको पूर्णपालना गर्नु नै उपयुक्त विधि रहेको भन्दै अनावश्यक रुपमा हिँड्डुल गर्ने व्यक्ति र सवारीलाई नियन्त्रण लिँदै सम्झाइबुझाइ छोड्ने गरिएको बताइएको छ। –रासस