5 बैशाख ।
नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य नैनसिंह महरले कोरोना महामारीमा सरकार गम्भीर र जिम्मेवार नबनेको आरोप लगाएका छन् ।
देश यस्तो गम्भीर मोडमा हुँदासमेत सरकारसँग कोरोनाविरुद्धको पर्याप्त सामग्री र उपकरण नहुँनु लज्जाको विषय भएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । उनले सरकारले गर्न नसकेको काम एक्लो व्यक्ति महावीर पुनले गरिरहेको बताए ।
‘‘महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले आर्थिक संकटका बीच आफ्नै निजी तहतबाट भेन्टिलेटर, पीपिईलगायत आवश्यक उकरणहरू सकेसम्म निर्माण गर्ने र निःशुल्क रुपमा दिने गरिरहेका छन् । तर, सरकारको कुनै प्रभावकारी कदम चाल्न सकेको छैन,’’ नेता महरले भने ।
यसैबीच ठूलो अनियमितता सरकार क्रियाशील रहेको आरोप खेपिरहेको सरकारले सुकुम्बासीलगायत विभिन्न आयोग बनाएर कार्यकर्ता पोस्दै राष्ट्रिय ढुकुटीमा रजाइ गरिरहेको आरोप लगाए ।
‘‘कार्यकर्ता पोस्नेभन्दा पनि संकटको समयमा जनताको जीवन बचाउने कुरा ठूलो हो। त्यसैले नेकपाका नेता कार्यकर्ताको भरपोषणका लागी छुट्याइएको अर्बौं रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगाउने र पुनको आविष्कार केन्द्रलाई आवश्यक पर्ने करोडौं रकम उपलब्ध गराउनु जरुरी छ,’’ उनले भने ।
प्रतिक्रिया