- दिर्गराज प्रियसी
रेश्मीलाई एक्लै देखेर पुरा र्यापमा बाटोमा हिडिरहेको फकिर रमेशले जीस्काउने हिसाबमा आफ्नो जीब्रोलाई बाङ्गो बनाउदै सिटि मार्दै बोल्यो।
” ओहो… मैले त चिनीन त।” रेश्मीले बिना हिच्किचाहट बोली। “
चिन्नै पर्छ भन्ने के छ र डार्लीङ्,एक छिनमा चिनी हालीन्छ नी…।” रमेशले मुख छाड्यो.
“हँ… मलाई लागीरहेछ कि हाम्रो भेट पहिले कतै भैसकोको हुनु पर्छ।” रेश्मी पनि केहि सोचे जस्तो एक्टिङ् गरेर बोली।
“हो त…जी। भएको होला कतै सभा समारोहमा कतै मोड, घुम्तीहरुमा। भनेपछि हामी त परीचित रहेछौ त हगी?” रमेश ,रेश्मी बोलेकोमा खुशी हुँदै निहुरीएर पाईन्टको धुलो झार्दै, शरीर हल्लाउदै बोल्यो।
त्यहि त…म याद गर्ने प्रयास गरीरहिछु कि तपाई हो या तपाईको जस्तो अनुहार भएको कुनै अर्को मान्छेसंग हो मेरो भेट भएको जरूर हो।” रेश्मा रमेशलाई अझ उत्सुकतामा बनाउने उद्देश्यले फेरी बोली।
“वाउ…ग्रेट… प्लिज छिटो याद गर्नुस त हाम्रो पहिलो भेट कहा भएको थियो। सायद म नै थिएँ होला।” रमेश उत्सुक्तामा झन डुब्दै नजीक हुने आँट गर्यो।
“ओहो.. साच्ची भन्नु त तपाई फिल्मीसिटी मा जानु हुन्छ हो?” रश्मी बोली।
“जी जी त्यहाँ त मेरो जाने आउने क्रम दैनीक हुन्छ हो।” उस्ले झुट बोल्दै भित्र भित्रै मुख बिगार्दै भन्यो। जवकी रमेश त्यहा वर्षको एकाध बार मात्रै जान्छ।
“त्याँ एक छेउमा ठुलो खेलौनाको स्वरूम छ नी हैन…….”
“हो हो, त्यो स्वरूमको मालीक त मेरो क्लास फ्रेन्ड हो नी।” रेश्मीको कुरा बिचमै काट्दै उ फेरी झुट बोल्यो।
“वाओ … गुड….तपाईले देख्नु भएको होला कि त्यो स्वरूमको मालीकले स्वरूमको गेटमा दुईवटा पुतला उभाएर राखेको छ।”
“होनी..ती पुतलाहरू पनि मरै च्वाईसमा खरीद गरेको हो साथीले। कुरा के भने उस्ले (स्वरुम मालीक) मेरो पसन्द ,नापसन्द को बारेमा पनि पुरा ख्याल गर्छ भन्या । आखीर गहिरो दोष्ती जो छ हामी बिच। ” मुसुक्क मुस्कुराउदै , बारबार रेश्मी तिर हेर्दै,शेखी झार्दै रमेशले दोष्ती गहिरो पार्न खोज्दै थियो कि फेरी…
“अनी कि …. तपाईलाई पनि त मन पर्यो होलान्त है। आखीर हाम्रो (आँखाले रेश्मी र आफुतीर ईसारा गर्दै) च्वाईस पनि त मिल्ने रैछन्त हो।” उ बिचमै फेरी गफियो।
“च्वाईस भन्दा पनि, म तपाईलाई यो जानकारी गराउन लागीरहेकी थिँए कि, ती पुतलाहरूको शकलसंग हु..ब..हु तपाईको अनुहार मिल्ने रच।” रश्मी मुस्कुराउदै बोली र अगाडि बढि ।
रमेश मानौं आकाशबाट खसे जस्तो भयो। अव उ सामुन्य सपिङ्मलको काँचको ढोकामा आफुलाई चिहाई रहयो निकै वेर सम्म…….।।
प्रतिक्रिया