मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढायो

दार्चुलाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढायो

सुदूर आज

दार्चुला : सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ। सरकारले कोरोना भाईरसको नियन्त्रणका लागि लकडाउन गर्दै सीमा नाका समेत बन्द गरेपछि निगरानी बढाईएको सशस्त्र प्रहरीले जनाएको छ।

छिमेकी भारतमा समेत कोरोना भाईरसको संक्रमण बढ्दै गएका बेला जोखिम मोलेर नेपाल भित्रिन सक्ने भन्दै सीमा क्षेत्रमा २४ घण्टा नै निगरानी बढाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक डम्बरबहादुर विष्टले बताए। जिल्लाका विभिन्न ठाउँमा अस्थायी पोष्ट तथा गुल्म चेकपोष्ट राखेर छुट्टाछुट्टै टोली परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए।

जिल्लाको लेकमको रतौडा, लाली, मालिकार्जुनको बाँकु, उकु, डिन्सी, महाकालीको काँकडा, व्याँसको धौलाकोट, स्याँकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरिएको छ। यस्तै सशस्त्र प्रहरी नायब उपरिक्षक विष्टको टोलीले शुक्रवार भारतसँग जोडिएको लाली क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको छ।

अनुगमनका क्रममा सीमा क्षेत्रमा मानिसको चहलपहल खासै नदेखिएको बताउँदै उनले लकडाउनको पालना भईरहेको जनाए। अहिले नेपाल र भारतले सीमा नाका बन्द गर्दै निगरानी बढाएको छ। – dineshkhabar