मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको ५१ औँ स्थपना दिवसमा नेता कुवरद्धारा बयालपाटा अस्पताललाई २१ हजार सहयोग

नेविसंघको ५१ औँ स्थपना दिवसमा नेता कुवरद्धारा बयालपाटा अस्पताललाई २१ हजार सहयोग


६ बैशाख, अछाम – नेपाल बिद्यार्थी संघको स्थापना दिवसको अवसरमा अछाम जिल्ला स्थित बिद्यार्थी नेता उमेश कुवँरले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

नेसिबसंघ सिटिभिटीका उपाध्यक्ष समेत रहेका बिद्यार्थी नेता कुवँरले बयालपाटा अस्पतालको लागि २१ हजार नगद सहयोग गरेका हुन् ।

नेविसंघको स्थपना दिवसको अबसर पारी नेविसंघ अछामका नेता तथा सिटिईभिटीका उपाध्यक्ष साँफेबगर नगरपालिका वडा ४ निवासी उमेश कुवँरले कोरोना महामारीको रोकथामका लागि अछाम स्थित बयालपाटा अस्पताललाई २१ हजार सहयोग गरेका छन ।

कुवँरले कोरोनाको उपचारमा सहजता तथा रोकथामका लागि बयालपाटा अस्पतालको लागि थालनि गरिएको नागरिक स्तरको अािर्थक सहयोग अभियानमा समेत सहयोग गरिरहेका छन् ।

देशमा संकट आइलागेको बेला नागरिक स्तरबाट सकेको सहयोग भए कोरोना रोकथाममा केही सहज हुने भएकाले आफुले नेविसंघ स्थपना भएको सम्झानामा अस्पताललाई सहयोग गरेको उहाँको भनाइ छ ।

साथै उहाँले सबैलाई आफ्नो ठाउबाट अस्पताललाई सहयोग गरे जनताकै उपचारको लागि राहत हुने उल्लेख गरेका छन् ।

२०२७ साल बैशाख ६ गते गठन भएको नेपाल विद्यार्थी संघ स्थपाना भएको आज ५१ बर्ष पूरा भएको छ ।