मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकारलाई उचित सुरक्षाको प्रबन्ध गर्न सरकारलाई प्रेस संगठन अछामको माग (विज्ञप्ती सहित)

पत्रकारलाई उचित सुरक्षाको प्रबन्ध गर्न सरकारलाई प्रेस संगठन अछामको माग (विज्ञप्ती सहित)


पूर्ण बहादुर खड्का, ६ बैशाख अछाम ।

प्रेस संगठन नेपाल जिल्ला शाखा अछामले आज एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका क्रममा हर समय खटिने पत्रकारलाई उचित सुरक्षाको प्रबन्ध गर्न राज्यका निकाय र सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

रातदिन खबर संकलनमा खटिएका अछामका एफ.एम., पत्रपत्रिका, अनलाइनमा र राष्ट्रिय मिडियामा कार्यरत पत्रकारको व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारका निकायलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

प्रेस संगठन नेपाल जिल्ला कमिटी अछामका संयोजक नरेन्द्र रावल र सहसंयोजक कृष्ण बहादुर बुढाद्धारा हस्ताक्षरित विज्ञप्तीमा अछाममा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि निरन्तर सक्रिय रुपमा क्रियाशिल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार तथा आमसञ्चारकर्मीमा उच्च सम्मान प्रकट गर्दै निम्न पारिश्रमिकमा काम गरिरहेका पत्रकारलाई आर्थिक प्याकेजको लागि समेत सरकारको ध्यानाकर्षण गराईएको छ ।

सिमित स्रोतसाधन र जनशक्ति भएको हाम्रो देश नेपालमा कोरोना भाइरसलाई आउनै नदिने लकडाउन उपाय अवलम्बन गरेर सरकारका कदममा साथ दिन सबैको दायित्व हो जिल्ला कमिटी अछामका संयोजक तथा सहसंयोजकद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

अछाम जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै सजगता अपनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको भन्दै सरकारले अछामलाई कोरोना भाइरसको जोखिमपूर्ण जिल्लाको सूचीमा राखेकोले भन्दै सबैले लकडाउनको पूर्ण पालना गर्न प्रेस संगठनले अनुरोध गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९¬) महामारीको जोखिमबाट अहिल्यै ढुक्क हुने अवस्था नभएकोले यसलाई फैलन नदिन सामाजिक दुरी कायम गर्न पत्रकार लगायत सबैमा अपिल गर्दै आफु सुरक्षित रहेर कोरोना भाइरसबाट बच्ने र बचाउने उपायका बारेमा आम नागरिकमा सूचना प्रवाहलाई निरन्तरता दिन आमसञ्चार माध्यमलाई विज्ञप्ती मार्फत प्रेस संगठन अछामले अनुरोध गरेको छ ।

विज्ञप्तीको पुर्णपाठ