मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वाथ्यकर्मीको पेशागत सुरक्षा कायम गर्न डेण्टल साईन्स हाईजेनिष्ट एशोसियशन सुदुरपश्चिमद्धारा सरकारको ध्यानाकर्षण

स्वाथ्यकर्मीको पेशागत सुरक्षा कायम गर्न डेण्टल साईन्स हाईजेनिष्ट एशोसियशन सुदुरपश्चिमद्धारा सरकारको ध्यानाकर्षण


६ बैशाख, अछाम

नेपाल डेण्टल साईन्स हाईजेनिष्ट एशोसियशन नेपाल सुदुर पश्चिम प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै बिश्वब्यापी महामारीको रमिा फैलिएको कोभिड १९ का कारण देश नै लकडाउन भएको अवस्थामा समेत अहोरात्र निस्वार्थ स्वास्थ्य सेवमा खटिएका आवासिय चिकित्सक र हेल्थ असिष्टेण्टलाई प्रहिरीले लट्ठी चार्ज गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल डेण्टल साईन्स हाईजेनिष्ट एशोसियशन नेपाल सुदुर पश्चिम प्रदेशका महासचिव मोहन साँउदद्धारा जारी विज्ञप्तीमा राष्टसेवक कर्मचारी माथी गरिएको दुव्र्यवहार निन्दनिय कार्य भएको भन्दै घोर भर्तसना गरिएको छ ।

कोभिड १९ का कारण सिर्जना भएको बिषम परिस्थितीमा समेत आफ्नो ज्यानको प्रवाह नगरी रातदिन कार्य क्षेत्रमा खटिएका कर्मचारीले आफ्नो परिचयपत्र देखाउदा पनि मानविय व्यावहारको समेत प्रवाह नर्गनु दुखद भएको एसोसियनको सुदुरपश्चिम प्रदेशद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
उक्त घट्नाको सत्यतथ्य छानवीन गरी दोसीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न एसोसियन सुदुरपश्चिम प्रदेशले माग गरेको महासचिव साँउदले बताए ।

यस्ता अमानविय घट्नाले निस्वार्थ सेवामा क्रियाशिल स्वास्थ्यकर्मीको मनोबल खस्किने र सेवामा समेत असर पर्ने हुदाँ यस्ता घट्ना दोहोरिन नदिई पेशागत सुरक्षा कायम गर्न एसोसियशनले सम्बन्धी पक्षको ध्यानाकर्षण गराएको छ ।

साथै विज्ञप्ती मार्फत छिटफुट घट्नाबाट हतोसाहित भनई संकटको यस घडिमा निरन्तर सेवमा लाग्न एसोसियशनले आग्रह गर्नुका साथै पिडितको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

विज्ञप्तीको पूर्णपाठ