मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव अधिकारको अवस्था अनुगमन गर्न अछाममा पाँच सदस्यीय समिति चयन

मानव अधिकारको अवस्था अनुगमन गर्न अछाममा पाँच सदस्यीय समिति चयन


मंगलसेन, वैशाख ६ गते ।

नेपाल सरकारद्धारा जारी गरिएको बन्दाबन्दी अर्थात लकडाउनमका क्रममा मानवअधिकारको अवस्था अनुगमन गर्न अछाम जिल्लामा पाँच सदस्यीय मानवअधिकार अनुगमन समिति चयन गरिएको छ ।


राष्ट्रिय मानवअधिकार आयोग अन्तर्गत रहेको उक्त समितिमा बार एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद ढुंगाना संयोजक रहनेगरी पाँच सदस्यीय जिल्लास्तरीय माअवअधिकार अनुगमन समिति चयन गरिएको हो ।

समिति सदस्यमा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष खम्म खत्री, गैरसरकारी संस्था महासंघका पूर्व कोषाध्यक्ष.विन्दु रावल, इन्सेक नेपालका जिल्ला प्रतिनिधि शिवराज ढुंगाना र अधिकारकर्मी दुधकला विष्ट रहेका छन् ।

चयन भएका सदस्यले नेपालका प्रचलित कानुन, आयोगका नीति, नियम तथा आचारसंहिता पालना गरेर अनुगमनमा खटिन भनिएको छ ।

अनुगमन समितिले कोरोना भाइरसका सन्दर्भमा अछाममा भइरहेका काम, स्वास्थ्य, खाद्य, न्याय, प्रेस र अभिव्यक्ति स्वतन्त्रता, आमसञ्चार माध्यम नागरिक समाज, अधिकारकर्मीको भूमिका, नागरिक सचेतना र कर्तव्यका बारेमा अनुगमन गर्नेछ ।

आयोगको कार्यविधि अनुसार अनुगमन समितिले प्रत्येक हप्ता भिडियो कन्फ्रेन्स बैठक गरेर प्रतिवेदन राष्ट्रिय मानवअधिकार आयोगमा पठाउने भएको इन्सेक अछामका प्रतिनिधि शिवराज ढुंगानाले जानकारी दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगले तोकेको आयोगका आयुक्त संयोजक रहेको नौ सदस्यीय उच्चस्तरीय मानवअधिकार अवस्था अनुगमन तथा समन्वय समिति रहेको छ ।