मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५१ औ स्थापना दिवसको अबसरमा नेबिसंघ अछामले १० वटै स्थानिय तहमा सहयोग गर्ने

५१ औ स्थापना दिवसको अबसरमा नेबिसंघ अछामले १० वटै स्थानिय तहमा सहयोग गर्ने


६ बैशाख, अछाम ।

नेपाल विद्यार्थी संघ अछामले आफ्नो ५१ औ स्थापना दिवसको अबसरमा जिल्लाका १० वटै स्थानिय तहमा स्थापना दिवस मनाउने भएको छ ।

यसपटकको स्थापना दिवसको अवसरमा फरक कार्यक्रम गरेर दिवस मनाउने निर्णय भएको नेबिसंघ अछामले जनाएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि अछाम जिल्ला का १० वटै स्थानिय तहमा स्थापना दिवस मनाउने निर्णय भएको संघका सचिव बम बहादुर स्वाँरले बताए ।

दिवस मनाउने कार्यक्रम अन्र्तगत आज पहिलो दिन संघलेतुर्माखाद गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रु ६ हजार आर्थिक सहयोग गरी दिवस मनाएको छ ।

उक्त रकम सोही गाउँपालिकाका विद्यार्थी नेता कमल बिसी र नेपाल दलित विद्यार्थी सघका केन्द्रिय सचिब तथा शंकर देब क्याम्पसका बिद्यार्थी युबा नेता हेमन्त सुनारले तुर्माखाद गाउपालिकाका प्रतिनिधि तपेन्द्र न्यौपाने लाई हस्तान्तरण गरेका छन ।

रकम हस्तान्त्ररण कार्यका लागि क्षेत्रीय प्रतिनिधि जनक बिष्ट, बिद्यार्थी नेता भरत चलाउने, दिपेन्द्र सुनार, दिपक न्यौपानेको सहयोग रहेको बताईएको छ ।

संकटको बेला यस्तो आर्थिक सहयोग गरेको भन्दै तुर्माखाद गाउँ पालिकाले नेबिसंघलाई धन्यवाद ज्ञापन गरेको छ ।

बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहेको नेसिबंघले बिद्यार्थीका समस्या समाधानका लागि नेतृत्वदायि भुमिकाका साथै सामाजिक क्षेत्रमा पनि क्रियाशिल रहेको छ ।

जिल्लामा पनि नेविसंघ समाज परिर्वतन र बिद्यार्थीका हक हितका लागि लड्दै आईरहेको नेविसंघका जिल्ला सचिव बमबहादुर स्वारले बताए ।