मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा भारतबाट आएका एकजनाको र्‍यापिड टेस्ट पोजेटिभ, पीसीआरमा नेगेटिभ

डडेल्धुरामा भारतबाट आएका एकजनाको र्‍यापिड टेस्ट पोजेटिभ, पीसीआरमा नेगेटिभ

सुदूर आज

धनगढी: डडेल्धुरामा भारतबाट आएका एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) पोजेटिभ आएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले उनको आरडीटी रिपोर्ट पोजेटिभ आएको पुष्टी गरेको छ। यद्यपी उनको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ। 

भारतको बैगंलौरबाट फर्किएका उनी कैलालीको गौरीफन्टाबाट आएका ९ सय ९९ मध्येका एक हुन्। जिल्लाको आलिताल गाउँपालिका– २ का उनको गत चैत ३० गते डडेल्धुरा अस्पतालले रयापिड टेस्ट गरेको थियो। 

आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरेर बैशाख १ गते धनगढीमा रहेको कोरोना प्रयोगशाला पठाएको डडेल्धुरा अस्पताल स्रोतले बतायो। ‘र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकाले हामीले स्वाब संकलन गरेर पठाएका थियौं। तर पीसीआरमा नेगेटिभ आएकाले होम क्वारेनटाइनमा बस्न भनेर हामीले पठाइसकेका छौ’ स्रोत भन्छ, ‘रिपोर्टका अनुसार उनीमा कोरोना निको भइसकेको हो जस्तो लाग्छ।’

स्वास्थ्य कार्यालय डडेल्धुराले भने उनको ट्रेसिङ भइरहेको बताएको छ। ‘गौरीफन्टामा नाका भएर आएकाले उहाँलाई घरमा एक्लै बस्न भनेका छौ, केहि दिनमा फेरि उहाँको टेस्ट गछौ’ स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोलर सुपरभाइजर हरिप्रसाद भट्टले भने। – dineshkhabar