मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको माग- अनियमितता छानबिन गर, मजदुरलाई सुरक्षित घर पुर्‍याऊ

कांग्रेसको माग- अनियमितता छानबिन गर, मजदुरलाई सुरक्षित घर पुर्‍याऊ


काठमाडौं – नेपाली कांग्रेसले हिँडेर घर गइरहेका मजदुरप्रति गम्भीर बन्न र उनीहरुलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको केन्द्रीय पदाधिकारी बैठकले सहरमा खानबस्न समस्या भएपछि पैदल घर फर्किरहेका मजदुरलाई सुरक्षित रुपमा गाउँसम्म पुग्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो।

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहत रकम निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेकोमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। राहत वितरणमा भइरहेको अनियमिततामाथि छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ।

बैठकले कोरोना परीक्षणलाई प्रभावकारी रुपमा अघि बढाउन, स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यव्यवहारलाई गम्भीरताका साथ लिन, स्वस्थ्य सामाग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई तत्काल पदमुक्त गरेर अनुसन्धान थाल्न तथा विदेशमा रहेका नेपालीको सुरक्षामा विशेष ध्यान पुर्याउन पनि माग गरेको छ। – nepalsamaya

यस्ता छन् आजका बैठकका निर्णय