मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा आगोले जलेकि मुश्लिम महिला उपचार अभाबमा अस्पतालमा तड्पदै

बाजुरामा आगोले जलेकि मुश्लिम महिला उपचार अभाबमा अस्पतालमा तड्पदै

सुदूर आज

प्रकाश सिंह

जिल्ला अस्पताल बाजुरामा आगोले जलेकि एक मुश्लिम महिला उपचार अभाबमा तड्पिरहेकी छन् । बुढिनन्दा नगरपालिका ६ कोटिला बस्ने ३५ बर्षिय गौचना मिया अन्यत्र लिन पैशा नभएर आर्थिक अभाबमा अस्पताल बाजुरामा तड्पिरहेकी छन् ।


चैत २१ गते खाना पकाउने समयमा बिरामी भएर आगोमा ढलेर उनि जलेको श्रीमान धनराज मियाले वताएका छन् । उनलाई उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो, त्यहाँ सम्भाबना नभएपछि जिल्ला अस्पताल बाजुरामा ल्याईएको थियो ।

आर्थिक अबस्था निकै कमजोर भएकाले कोल्टि बाट जिल्ला अस्पताल बाजुरामा पठाउनका लागि फेज नेपाल नामक गैर सरकारी संस्थाले सहयोग गरेर पठाएको संस्थामा कार्यरत स्टाफ नर्स मुना देबकोटाले बताएकि छन् ।

चैत २८ गते जिल्ला अस्पताल बाजुरामा उपचारमा ल्याएकि गौचनाको २७ प्रतिशत भाग जलेको अस्पताल बाजुराका डा. रोहित गिरीले वताएका छन् । आगोले अनुहार घाँटि र छाती जलेको गिरीले वताए । थप उपचारका लागि काठमाडौ लैजान भनेपनि आर्थिक अभाबले अस्पतालमै उपचार भइरहेको गिरीले वताएका छन् । धनगढी नेपालगञ्ज उनको उपचार सम्भब नभएको काठमाडौनै लग्नु पर्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।

गौचनाका श्रीमान धनराज मियाँ भन्छन्, अहिले कोरोना कारणले पनि अन्यत्र लिन पनि समस्या भएको अर्को आफु सँगै उपचार गर्न एक रुपैया पनि नभएको बताए । यहाँ सम्म फेज नेपाल र अरुले सहयोग गरेर पुयाएको यहाँ भन्दा अन्यत्र लिन सक्ने अबस्था नभएको वताए । गौचनाले अस्पतालमा रुदै भनिन्, बाच्न त आश थियो, तिन जना नावलक छोरा छोरी रहेको घरमा कोही छैन्, माइतीको भरमा छोडेका छन्, आफ्नो उपचारका लागि पहल गरिदन आग्रह गरिन् ।

बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले यो बारमो आफुले भर्खर थाहा पाएको उनको उपचारका लागि पहल गर्ने वताएका छन् । वुढिनन्दा नगरपालिका ६ कोटिलमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमि चाहाना भाटले भनिन्, उनिहरुको आर्थिक अबस्था निकै कमजोर रहेको जिल्ला अस्पताल बाजुरामा सम्म सहयोग मागेर पठाएको वताईन् । बाजुराको कोटिमा मात्र मुश्लिम समुदाय बसोवास गरिरहेका छन् ।