मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुटानले जहाज चार्टर्ड गरेर काठमाडौंबाट लग्यो दुई नागरिक

भुटानले जहाज चार्टर्ड गरेर काठमाडौंबाट लग्यो दुई नागरिक


काठमाडौं– आफ्ना दुईजना नागरिक लिन काठमाडौं आएको भुटानको राष्ट्रिय ध्वजावहाक थिम्पु फर्किएको छ। भुटानको राष्ट्रिय ध्वजावहाक ड्रयक एयरले काठमाडौंबाट आज बिहान दुईजना नागरिक लिएर फर्किएको हो।

नेपालमा कार्यरत भुटानी पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई भुटान सरकारले आफ्नो मुलुक लगेको हो।

पाइलट तोब्गे हिमालय एयरलाइन्समा कार्यरत छन् भने अभिनेत्री नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि आएकी थिइन्।

उनीहरू दुवैलाई थिम्पुको क्वारेन्टाइनमा राखिएको छ।