मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो राजनीतिको पहिलो पाठशाला नेविसंघ हो : कांग्रेस नेता तिमिल्सैना

मेरो राजनीतिको पहिलो पाठशाला नेविसंघ हो : कांग्रेस नेता तिमिल्सैना


कांगेस अछामका नेता तिमिल्सैनाले यसरी सम्झिए नेविसंघलाई

६ बैशाख ।

नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले ५१ औँ स्थापना दिवसको अवसरमा नेविसंघलाई स्मरण गरेका छन् ।

बिद्यार्थी जीवनमा गौरवशाली ऐतिहासिक पृष्ठभूमि भएको नेपाल बिध्यार्थी संघमा आफु पनि सक्रिय रहेको उल्लेख गरेका छन् ।

प्राथमिक तहमा पढदै गर्दा आफु नेविसंघमा आबद्ध भएर स्कुले जिवनमा पनि बलिदानीपूर्ण इकाई कमिटीमा सक्रिय भएर काम गरेको स्मरण गरेका छन् ।

स्कुल र गाउँ कमिटीमा पदाधिकारी हुदैँ नेविसंघको कमलबजारमा भएको क्षेत्रीय अधिवेशनमा सहभागी भएको सम्झिएका छन् ।

नेविसंघ पछि पढाईको सिलसिलामा नेपालगंज छिरेका तिमिल्सैनाले उतैबाट पत्रकारीता सुरु गरे र २ दशक भन्दा बढी नेपालगंज हुदै जन्मस्थल अछाममा पत्रकारीता गरे ।

कान्तिपुर दैनिकमा काम गर्दै पत्रकारीता गरेका तिमिल्सैना नेपाल पत्रकार महासंघ अछामको २ पटक नेतृत्व सम्हालेका तिमिल्सैनाले अहिले कांग्रेसको सक्रिय राजनिति गरिरहेका छन् । अछाममा पत्रकारीताको विकासक्रममा अभियानता तिमिल्सैना अछामको पहिलो सामुदायिक रेडियोका संस्थापक मध्येका पनि एक हुन् ।

नेपाली काङ्ग्रेसको झन्डा बोक्ने आधार नै नेपाल बिध्यार्थी संघले निर्माण गरेको उनले उल्लेख गरेका छन् । पहिलो पटक नेविसंघको कमिटीमा आवद्ध भएका तिमिल्सैनाले राजनीतिको पहिलो पाठशाला नेविसंघ भएको उल्लेख गरेका छन् ।

नेपाल बिध्यार्थी संघ प्रती उच्च सम्मान प्रकट गर्दै ५१ औ स्थापना दिवसको तिमिल्सैनाले शुभकामना सहित विर सहिद प्रति सम्मान र आफ्ना नेविसंघका सहपाठी मित्रलाई समेत सम्झेका छन् ।

पशुपति मावीका त्यसबखतका हाम्रा नेता श्री चक्र थापा दाइ लगायत स्कुल इकाई कमिटीका अध्यक्ष जमानसिंह थापा सहित अन्य साथिहरु नेत्रबहादुर थापा , जमानसिंह साउद , जगत थापा , शेरबहादुर थापा लगायत साथिहरु लाई आजको दिनमा विशेष गरि धेरै सम्झेको उल्लेख गरेका छन् ।

उहाँको स्टाटस जस्ताको त्यस्तै ।