मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट २८ नेपालीको मृत्यु, झन्डै १२ सयलाई संक्रमण

कोरोनाबाट २८ नेपालीको मृत्यु, झन्डै १२ सयलाई संक्रमण


विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीबाट २८ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक हो यो। झन्डै एक सयवटा मुलुकमा एनआरएनएको संगठित सञ्जाल छ।

एनआरएनएका अनुसार शनिबार साँझसम्ममा विश्वका विभिन्न मुलुकमा गरी २८ नेपालीको कोरोनाबाट मृत्यु भएको हो।

एनआरएनए अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएईमा २ र आयरल्याण्डमा एक जना नेपालीको ज्यान गएको छ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

२१ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएको तथ्यांक छ। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले यो तथ्यांक तयार पारेको एनआरएनएले जनाएको छ।

संक्रमित हुनेमा अमेरिकामा ७ सय, बेलायतमा २ सय, स्पेनमा १०, युएईमा ७१, जर्मनीमा ४, पोर्तुगलमा २२, अष्ट्रेलियामा ११, आयरल्यण्डमा २२, साउदी अरबमा ४, कुवेतमा २१, फ्रान्स मा१, जापानमा १, मलेसियामा ३, म्यानरमारमा १, बेल्जियममा ४, क्यानाडामा ३, स्वीट्डरल्याण्डमा ५, मल्टामा २ र हङकङमा १ जना कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।

विदेशमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको जनाएको छ । विदेशमा रहेका नेपालीका समस्या सुन्न र समाधान गर्न उसले २४ घण्टे हटलाइन सेवा पनि सुरु गरेको छ।

नेपालमा भने हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मृत्यु कसैको भएको छैन। संक्रमितमध्ये आधाजति भारतीय नागरिक हुन्। – nepalsamaya