नेपालगञ्ज –
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका दुई जनाको अस्पतालमै मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका दुई विरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुवैजना श्वासप्रश्वास तथा छाती सम्बन्धित समस्याले ग्रसित थिए ।
आइसोलेसनको आईसीयूमा रहेका बर्दिया बढैयाताल–३ का ४२ वर्षाीय इस्राइल बेहना र कोहलपुर–५ चपरगौरीकी ३२ वर्षीया शान्ता शर्माको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
बेहना वैशाख ३ गते र शर्मा चैत ३० गते अस्पताल भर्ना भएका थिए। बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्युमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचका लागि स्वाव झिकेर बुटवल पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश्वर श्रेष्ठले बताए। – nepalsamaya
प्रतिक्रिया