मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सात दिनपछि कैलाली पुगेका मजदुरको प्रश्न– देशमा सरकार छ र ?

सात दिनपछि कैलाली पुगेका मजदुरको प्रश्न– देशमा सरकार छ र ?

सुदूर आज

धनगढी : कैलालीको भजनी नगरपालिका वडा नम्बर २ का अनिल चौधरी ललितपुरमा मजदुरी गर्दै आएका थिए। उनीसंग थिए कैलालीकै थप १४ जना। काम बन्द भएपछि ललितपुरमै खानबस्नक लागि पनि समस्या भयो। १५ जनाको समूह गत शनिबार ललितपुरबाट कैलालीका लागि हिड्यो।

ललितपुरबाट ६० किलोमिटर हिडेपछि मात्र उनीहरुले ट्रक पाए। ट्रकले एक जिल्ला पनि कटाएन्। रातीको ११ बजेको समयमा पनि उनीहरु पैदल हिड्दै कैलाली तर्फ आए। ‘ठाउँ–ठाउँमा सवारी पनि पाईयो। तर धेरै हिड्नु प¥यो। देशमा तीन तहको सरकार भएको भए त यति ठूलो समस्या हुने थिएन कि ?’ सात दिनपछि कैलालीको चिसापानी पुगेका चौधरीले टेलिफोनमा चौधरीले दिनेश खवरलाई भने। 

चिसापानी पुगेपछि उनीहरुलाई कैलालीको भजनी नगरपालिका वडा नम्बर २ को मोहन्याल माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टानमा राखिएको छ। एनले थपे, ‘बाटोमा हिड्दै आयौँ। कतै मात्र गाडी पायौँ। खुट्टा सुनिएका छन्। उठ्न पनि सकिरहेको छैनौँ।’

कैलारी गाउँपालिका वडा नम्बर ८ पृथ्वीपुरका तेजबहादुर चौधरी श्रीमतीसंगै स्याङजामा नहर निर्माणको काम गर्दै आएका थिए। लकडाउनका कारण नहर निर्माणको काम बन्द भयो। उनीहरुलाई साझ÷बिहान खानको समस्या भयो। निर्माण कम्पनीले खानको व्यवस्था गरेन। कामको हिसाव गरेर घर जान भनिदियो। घर आउनका लागि सवारीको  कुनै व्यवस्थापन पनि भएन्।

नहर निर्माणमा काम गर्दै आएका १४ जना हिडेर कैलाली आउन तयार भए। उनीहरु मध्ये ११ जना कैलाली पुगेका छन्, बाँकी तीन जना बाटोमै छन्।  चौधरी भन्छन, ‘एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्म पनि गाडीले ल्याएन्। बुटवलबाट मात्र बसको व्यवस्था भएको हो। पहिले स्कारपीयो र ट्रकहरुमा आएका हौँ। धेरै ठाउँमा पैदल हिड्दै आयौ।’

सरकारले कामदारहरुको वास्ता नगरेको गुनासो उनीहरुको छ। रातीको समयमा पनि पैदल हिड्दै आएपनि सवारीको व्यवस्था नगरिएको गुनासो कैलारी गाउँपालिका वडा नम्बर ९ का जगदिश चौधरीको पनि छ। ‘काम गर्दै आएको ठाउँमा खानाको व्यवस्था भएन्। देशमा मजदुरका लागि सरकार नभएको जस्तो लाग्यो।’ उनले भने। 

शनिवार मात्रै पूर्वी नेपालबाट कैलालीको चिसापानी आएका दुई सय ८५ जनालाई विभिन्न स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई कम्तिमा १४ दिन क्वारेन्टिाइमा राखिने छ। ‘उनीहरु मध्ये सबैभन्दा धेरै कैलाली थिए,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नावय उपरिक्षक दक्षकुमार बस्नेतले भने, ’उनीहरु सबैलाई स्थानीय तहसंगै समन्वय गर्दै पठाएका छौ।’ – dineshkhabar