मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा बुढिगंगाले भन्यो मेयरसँग आएका सबै जना क्वारेन्टाइन राखिनु पर्छ

नेकपा बुढिगंगाले भन्यो मेयरसँग आएका सबै जना क्वारेन्टाइन राखिनु पर्छ

सुदूर आज

बाजुरा – नेपाल कमन्यिुष्ट पार्टी बुढिगंगा नगर कमिटिले बुढिगंगा नगरपालिकाका मेयर लगायत गाडीमा आएका सबै जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएको छ ।

हिजो राती मात्र बुढिगंगा नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृत लगायत ७ जना काठमाण्डौबाट आएकोले सबै जनालाई क्वारेन्टाइनमा राख्न अपिल गरेको छ ।

कोभिड (१९ को महामारीको संक्रमण फैलनबाट जोगाउन सरकारले लकडाउन घोषणाको तयारी गरिसकेपछि प्रमूख प्रमूख प्रशासकीय अधिकृत लिन र काठमाडौ बसेका बुढिगंगा नगरपालिकाका मेयरसाव हिजो राती प्रमूख प्रशासकीय अधिकृत सहित ७ जना बोकेर बाजुरा फर्किनु भएको छ ।

उहालाई बुनपाको क्वारेन्टाइनमा स्वागत गर्न चाहान्छौ । नेकपा बुढिगंगाको फेशबुक संजालमार्फत बिज्ञप्तीमा उल्लेख गरिएको छ । मेयरको गाडी इकडी प्रहरीले रोक्दा एक घण्टा पछि प्रमूख जिल्ला अधिकारीको निर्देशनमा विना चेकजाच छोडिएको अाराेप  नेकपा बुढिगंगा नगरकमिटीका अध्यक्ष नरेन्द्र थापाले बताए ।

मेयर लगायत नगरपालिकाको गाडीमा आएका ७ जनालाई निम्न कारणले २१ दिनको क्वारेन्टाइनमा आम नागरिक सरह बस्नुपर्ने नगर कमिटि अध्यक्ष थापाको भनाइ रहेको छ ।

धनगढी र अन्य स्थानबाट बाटोमा मान्छे हालेर भमरा छेडाल, रिवाज शाह, रामबहादुर कार्की, पार्वती विष्ट) ल्याएकाले नगर प्रमुख र प्रमुख प्रशासकिय अधिर्कतलाई समेत २१ दिन सर्बसाधारणलाई जस्तै क्वारेन्टाइनमा राख्नु पर्ने बताएको छ ।

नगर प्रमुख र प्रमुख प्रसासकिय अधिकृत लगायत काठमाण्डौ धनगडी बाट आएका सबैलाई क्वारेन्टाइनमा राखि जोखिम न्यूनिकरण गर्नुहुन सम्बन्धित निकायलाई अनुरोध गर्न चाहान्छौ बिज्ञप्तीमा उल्लेख गरेको छ ।