मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई नागरिक स्तरबाट सहयोग आउनेक्रम जारी, आईतबार ५० हजार भन्दा बढी सहयोग गर्ने घोषणा

बयालपाटा अस्पताललाई नागरिक स्तरबाट सहयोग आउनेक्रम जारी, आईतबार ५० हजार भन्दा बढी सहयोग गर्ने घोषणा


अछाम ।

बयालपाटा अस्पतालको लागि थालिएको नागरिक स्तरबाट सहयोग अभियान अन्तर्गत जारी रहेको छ ।

जस अन्र्तगत आईतबार विभिन्न क्षेत्रका परोपकारी मनहरुबाट ५० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा भएको छ ।

मंगलसेन नगरपालिका घर भएका वान्नीगढी जयगढ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेश ढुंगानाले १० हजार, साँफेबगर १० का समाजसेवी एवंम बौद्धिक व्यक्ती धुर्व महता हाल कैलालिबाट १० हजार, त चौरपाटी गाउपालिका ७ मार्कु धिमिगाऊका रण बहादुर बोगटी, प्रकाश बोगटी, झंकर वागटी ९तीन भाई० हाल मुम्वै भारतबाट १५ हजार १ सय ५१, नेविसंघ अछामका सहसचिव पुस्प भण्डारीबाट ५ हजार १ सय, नेपाल विधुत प्राधिकरण साँफेवगरमा कार्यरत टेक बहादुर खड्काबाट ५ हजार १ सय र मेल्लेख गाउपालिका हात्तिकोटका भलिवल खेलाडी अर्जुन ढुंगानाबाट ५ हजार सहयोग गर्ने घोषणा भएको छ ।

आज मात्रै ५० हजार ४ सय ५१ रुपयाँ बिभिन्न परोपकारी मनहरुले सहयोग गर्ने घोषणा गरेका हुन् ।

यसअघि हिजो मात्रै नेविसंघका नेता उमेश कुवँरले पनि यसै अभियान अन्र्तगत २१ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।

बयालपाटा अस्पतालले यस क्षेत्रका जनताको निशुल्क रुपमा निरन्तर रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको प्रशंसा गर्दै सबै परोपकारी मनहरुले अस्पतालको दिर्घकालिनका लागि सहयोग गरेको बताए ।

साथै उनिहरुले अहिले कोरोनाको उपचारमा सहजता तथा रोकथामका लागि सहयोग पुगोस भनेर सबै क्षेबाट अस्पताललाई सहयोग आवश्यक रहेका बेला आपहरुmले पनि सहयोग गरेको बताएका छन् ।

सबै क्षेत्रबाट यस्तै परोपकारी मनहरुको सहयोगको खाँचो रहेको भन्दै न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले अस्पतालको स्वास्थ्य सेवालाई दिर्घकालिन रुपमा जारी राख्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनु भयो ।

परोपकारी भावनाले सहयोग गर्न चाहाने व्यक्तीले स्वच्छिक सिधै न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सक्नु हुनेछ ।

मेगा बैँक नेपाल, खाता नं। ०३०००१००४२००१ न्याय हेल्थ नेपाल वयालपाटा हस्पीटल
कृषि विकास बैँक, खाता नं। ८२२७००६५०६९४०१९ वयालपाटा हस्पीटल

बयालपाटा अस्पतालबाट कोरोना भाईरस ९कोभिड १९० को रोकथाम तथा नियन्त्रण का लागि आवश्यक सामान तथा उपकरण ब्यावस्थापन गर्नको लागि नागरिक स्तरबाट आर्थिक सहयोग जुटाइ उपकरण आपूर्तीका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले अस्पताललाई सहयोग गर्ने अभियानको थालनी गरिएको थियो ।