मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यसरी गरेको प्यारले त जीन्दगी बुझें’

‘यसरी गरेको प्यारले त जीन्दगी बुझें’


  • दिर्गराज प्रियसी

दुलाहाको घरमा समाचार पुग्यो
दुलही पुग्नु पर्ने हो अखबार पुग्यो

टुकिको चलन छ कसरी छाड्लान
दुर वस्तीमा बिजुलीको तार पुग्यो

राहतको नाममा एक रात माग्यौ
आहा क्या राम्रो गर्यौ ब्याबहार पुग्यो

समस्या दौडेर जीन्दगीमा आयो
मन दौडेर नदिको किनार पुग्यो

यसरी गरेको प्यारले त जीन्दगी बुझें
कसरी भन्ने भो चाहिन्न प्यार पुग्यो ?

दिर्गराज प्रियसी
७ बैशाख, कैलाली