मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका ३ ठाँउमा कोरोनाको अन्तिम परिक्षण हुने

देशका ३ ठाँउमा कोरोनाको अन्तिम परिक्षण हुने


काठमाण्डौँ-

नेपालमा कोरोना परीक्षणको भेरिफिकेसन (अन्तिम परीक्षण) ३ ठाउँबाट हुने भएको छ ।

यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब पश्चिममा भेरी अस्पताल र पूर्वमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ‘क्रस भेरिसिफेसन’ गर्न दिइने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र ‘क्रस भेरिसिफेसन’ हुने गरेको थियो । अरु ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिए टेकुमा भेरिफिकेसन गरिन्थ्यो ।

साथै भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ । पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना परिक्षण गर्न थालिएको छ ।

योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ ।