मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट भारतमा एकै दिनमा ३८ जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो

कोरोनाबाट भारतमा एकै दिनमा ३८ जनाको मृत्यु, संक्रमितको संख्या १७ हजार ६ सय नाघ्यो


काठमाडौं-

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा ३८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ सय ५९ पुगेको छ ।

आइतबार मात्रै भारतमा कोरोनाबाट १ हजार २ सय ५० जना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ ।

भारतमा शनिबार २ हजार १३ जना संक्रमित भेटिएका थिए भने ३५ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ९ सय २२ जना नयाँ संक्रमित थपिदा ३८ जनाको मृत्यु भएको छ ।

भारतमा सरदर हरेक दिन कम्तिमा १ हजार नयाँ संक्रमित भेटिने गरेको छ भने ३० देखि ३५ जनाको मृत्यु हुने गरेको छ । भारतमा पछिल्लो एक महिनादेखि लकडाउन जारी छ । – nepalsamaya