बैशाख ८ अछाम
सामाजिक दुरि कायम गर्दै वडा स्थित राजनितिक दलका प्रमुख सहितको बैठक मंगलसेन नगरपालिका वडा नम्बर ६ को बैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले निशेज्ञाधाका समयमा समस्याका परेका अति गरिब, विपन्न, असंगठीत क्षेत्रमा कार्यरत मजदुरलाई राहतका लागि वडा स्तरमा राहत कोष स्थापन गर्ने निर्णय गरिएको छ ।
वडाबाट राहतका लागि छनोट भएका मध्ये ४२ जनालाई नगरपालिकालाई तत्काल राहत उपलब्ध गराउन सिफारिस गरिएको छ ।
साथै यतिबेलाको समयमा ठुलासैन बजारमा यस अघि पुर्णरुपमा बन्द गरिएको दुधजन्य पदार्थलाई ब्यक्ति ब्यक्ति बिचको सामाजिक दुरि कायम गर्दै ठुलासैन बजारमा रहेका २ वटा दुध डेरीलाई दुध बिक्रि वितरण गर्ने दिने निर्णय पारित गरिएको वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।
साथै बैठकले वडा भित्र संञ्चालन हुने किकास निर्माणका काममा एक निर्माण स्थलमा ३ जनालाई सामाजिक दुरि कायम गरि काम गर्न दिर्ने, ठुलौसन बजार लगाएत वडासँग सिमानाका जोडिएका क्षेत्रबाट आवातजावात गर्न पुर्ण रुपमा बन्द गरिएको निशेधाज्ञालाई पुर्ण रुपमा कार्यान्वयन गर्न सबैलाई वडा समितीले अनुरोध समेत गरेको छ ।
साथै मालिका बचत तथा ऋण सहकारीबाट अति आवश्यक बस्त खरिद गरि राहत वितरण गर्नका लागि रकम उपलब्ध गराई आयोडिन युक्त नुन वितरण कार्यक्रमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।
साथै वडाले स्थापना गरेको राहत कोषमा सहयोग गर्न स्वेद तथा विदेशमा रहेका दाजु भाई, वडा स्थित राजनितिज्ञदल, शिक्षक, समाजसेवि, बुद्धिजीवी, ब्यापारि सबैलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया